arrow

घातक पहिरो जाँदा २२९ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
landslide-pakistan.jpg
फाइल तस्बिर

काठमाडौँ । इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको स्थानीय सरकारले जनाएको छ ।

दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १०ः०० बजे पहिरो गएको थियो । 

पहिरोमा परी मृत्यु हुनेमा एक सय ४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र सरकारी सञ्चार मामिला विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इथियोपियामा जुलाईमा सुरु भएको र सेप्टेम्बरको मध्यसम्म रहने अपेक्षा गरिएको वर्षाको मौसममा घातक पहिरो गएको हो । 

पूर्वी अफ्रिकी देशका केही भागमा मौसमी वर्षाले कहिलेकाहीँ घातक पहिरो निम्त्याउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ