arrow

सौर्य एयरलाइन्स विमानमा १८ को मृत्यु, एकको उद्धार, मृतकमध्ये एक यमनका नागरिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
saurya-crash-81-4-9bb.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमानमा १८ जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारीअनुसार सवार १९ मध्ये एक जनाको उपचार भइरहेको छ भने बाँकी सबैको मृत्यु भएको हो । 

चार जनालाई उद्धार गरेर अस्पताल पुर्याइएको भए पनि तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो भने ३७ वर्षीय क्याप्टेन मनिष शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ । 

उनको सिटी स्क्यान भइरहेको अस्पतालले जनाएको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । 

बिहान ११ बजेपछि बजे काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको ९एन–एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको थियो ।

दुर्घटना भए पश्चात् तत्काल विमानस्थलमा रहेको नेपाली सेनाको टोलीलगायत विमानस्थल सुरक्षार्थ तैनाथ नेपाली सेनाका युनिटहरुबाट २ सय ५२ जनाको टोलीले अन्य सुरक्षा निकाय सहित तत्काल उद्धार कार्यमा परिचालन भई दुर्घटनाग्रस्त जहाजबाट चालक दलका एक जना सदस्यलाई जीवितै उद्धार गरी थप उपचारको लागि काठमाडौँ मेडिकल कलेजमा पठाएको र १८ जनाको शव निकाली त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा पठाएको जनाएको छ । 

उक्त जहाजमा चालक दलका २ जना सदस्य सहित १९ जना रहेका थिए । जसमा १८ जना नेपाली र एक जना यमनका नागरिक हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ