arrow

टनकपुर र पञ्चेश्वर सुम्पनेले राष्ट्रबादको कुरा गर्नु गलत : भुसाल

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
pamfa-bhusal-photo.jpeg
भक्तपुर । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले टनकपुर र पञ्चेश्वर सुम्पनेले राष्ट्रबादको कुरा गर्नु गलत भएको बताएकी छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै भुसालले आफू सरकारमा हुँदा देशको सम्पत्ति बिदेशीहरुलाई सुम्पनेहरु वर्तमानमा आएर राष्ट्रहितमा काम गरिरहको सरकारलाई राष्ट्रघाती भन्नु कागले आफ्नो नाम लिएको जस्तै भएको बताइन् ।
 
एमालेकै शीर्ष नेताहरुको भनाई लिँदा एमाले संघियताको पक्षमा, समाबेशी र समानुपातिक जान नचाहेको भन्दै संघियता, समानुपातिकता र समावेशी अधिकार नदिए सम्म कोही पनि राष्ट्रवादी हुन नसक्ने र यसको बिरोधमा जाने जो सुकै पनि राष्ट्रघाती हुने बताइन् ।  संबिधान संशोधन प्रस्तावलाई लिएर भइरहेको आन्दोलन नेपाली जनतालाई राजनीतिज्ञहरुले बुझाउन नसक्नु र एमालेले आफ्नो भोट बैंकका रुपमा प्रयोग गरिरहेको भुसालको टिप्पणी छ ।
 
संबिधान संशोधन नभएर तीनै तहको निर्वाचन सम्भव नहुने र संबिधान कार्यान्वयन समेत नहुने भएकाले संशोधन प्रस्ताव पारितसँगै तोकिएकै समयमै निर्वाचन हुने उनको दावी छ । प्रतिगमनकारी र बाहिरी शक्तिको चलखेलकै कारण नेपाल र नेपालीले पाएको गणतन्त्र गुम्ने खतरामा रहेको भन्दै भुसालले वर्तमान समयमा सफल संबिधान कार्यान्वयन तर्फ सबै लाग्नु पर्नेमा जोड दिइन् । 
 
माओवादी केन्द्रको महाधिबेशन आयोजक समितिमा चार हजार केन्द्रिय सदस्य आफ्नो पार्टीभित्रको आवश्यकता रहेको भन्दै पार्टीले संबिधान संशोधन गर्दै तीनै तहको निर्वाचनकका साथ भूकम्प पिडितहरुको मागलाई पहिलो प्राथामिकता दिएको बताइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ