arrow

क्यान्सरका बिरामीहरूको गम्भीर पीडा कम गर्न थेरापीको विकास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
liver-cancer.jpg

काठमाडौँ । इजरेली अन्वेषकहरूले प्यान्क्रियाटिक क्यान्सरका बिरामीहरूमा गम्भीर पीडा कम गर्न र उनीहरूको जीवनको गुणस्तर सुधार गर्न विकिरण थेरापीको विकास गरी सफलतापूर्वक परीक्षण गरेको इजरेल क्यान्सर सङ्घले बताएको छ । 

क्यान्सरको दुखाइका लागि सामान्य उपचारहरूमा प्रयोग गरिने औषधिहरूको प्राय गम्भीर दुष्प्रभाव हुन्छ वा अधिक प्रतिरोधी अवस्थाहरूमा एनेस्थेटिक्स सुई दिइन्छ । 

इजरेलमा हाल पत्ता लगइएको नयाँ गैर–आक्रामक उपचारमा ट्युमरको सट्टा सिलिआक प्लेक्ससमा सीधा एक्स–रेहरूको एक–पटक विकिरण समावेश हुन्छ । 

इजरेलको शेबा मेडिकल सेन्टरको नेतृत्वमा र ल्यान्सेट ओन्कोलोजीमा प्रकाशित एक अध्ययनमा यो विधि संयुक्त राज्य अमेरिका, क्यानाडा, पोल्यान्ड, पोर्चुगल र इजरेलका आठ अस्पतालमा परीक्षण गरिएको थियो ।

परीक्षणमा ९० जना प्यान्क्रियाटिक क्यान्सरका रोगीमध्ये ४८ बिरामी अर्थात ५३ प्रतिशतले पीडामा उल्लेखनीय कमी र जीवनको गुणस्तरमा उल्लेखनीय सुधार भएको बताएका छन् । यसमा सहभागीहरूबीच थोरै दुष्प्रभाव देखिएका थियो ।

प्यान्क्रियाटिक क्यान्सर पीडित बिरामीहरूको औसत पाँच वर्ष बाँच्ने दर १० प्रतिशतभन्दा कम छ । यसले क्यान्सरको सबैभन्दा घातक प्रकार बनाउँछ ।

प्यान्क्रियाटिक क्यान्सरका करिब ८० प्रतिशत मामिला उन्नत र अप्ठ्यारो चरणमा पत्ता लगाइन्छ । अन्वेषकहरूले नयाँ विधि सम्भावित रूपमा अन्य प्रकारका क्यान्सर भएका बिरामीहरूमा पनि प्रयोग गर्न सकिने जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ