arrow

सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छः मन्त्री खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
deepak-khadka-elected-congress-president-sankhuwasabha.jpg
फाइल तस्बिर

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएका छन् । 

नेपाल इण्डिया चेम्बर अफ कमर्शले मन्त्रालयमा गरेको भेटका क्रममा उनले सरकारले ऊर्जा क्षेत्रलाई अगाडि बढाउन निजी क्षेत्रको साथ लिएर अगाडि बढ्ने बताए । 
    
“आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सम्झौता भए पनि सोभन्दा बढी बिक्री गर्ने लक्ष्य सरकारले लिएको छ”, मन्त्री खड्काले भने ।

उनले ऊर्जा क्षेत्रको विस्तारका लागि आवश्यक पर्ने प्रसारण लाइन निर्माणमा सरकारले ध्यान दिएको उल्लेख गरे ।

“ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिँचाइको पूर्वाधार विस्तार गरी कृषि उत्पादन बढाउने र विद्युत् उत्पादन गरी विदेशमा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति लिएको छ”, उनले भने ।

नेपाल इण्डिया चेम्बर अफ कमर्शकी अध्यक्ष सिर्जना राणाले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र सरकारलाई सहयोग गर्न तयार रहेको बताए । 

अध्यक्ष राणाले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि नेपाल, भारत र बङ्गलादेशबीच ऊर्जा सम्मेलन गरेर अगाडि बढ्नसमेत मन्त्रीसमक्ष आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ