arrow

सङ्क्रमणकालीन न्यायको विषय टुङ्गिँदै, सोमबार अर्को बैठक बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
trc-team-03-18.jpg

काठमाडौँ। सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ।

शुक्रवार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न बैठकमा सकारात्मक छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।

बैठकपछि बर्तौलाले केही राय लिएपछि सोमबार अन्तिम बैठक बस्ने बताए। यो विषय सत्ता या प्रतिपक्षको नभएको बताउँदै उनले यो सबैको साझा विषय भएको बताए।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषय सहमति नजिक पुगेको बर्तौलाले बताएका छन्।

कार्यदलमा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका जनार्दन शर्मा र काँग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश लेखक रहेका छन्।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुङ्ग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ।

मानव अधिकारको गम्भीर उलङ्घन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लङ्घनको विषयमा ७० प्रतिशत सहमति जुटेको र आज कार्यदलले टुङ्गो लगाउने तयारी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ