arrow

व्यास नगरपालिकामा स्तनपान कक्ष निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
vyas nagarpalika.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिका कार्यालय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ । 

शिशु बोकेर सेवा लिन आउने सेवाग्राही तथा महिला कर्मचारीलाई स्तनपान गराउन सहज होस भन्दै स्तनपान कक्ष निर्माण गरिएको हो । 

खुल्ला स्थानमा बसेर स्तनपान गराउन असहज हुने भएकाले उनीहरुको सहजीकरणका लागि नगरपालिकाको प्रशासनिक खर्चमा स्तनपान कक्ष निर्माण गरिएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

“अब शिशु बोकेर आउने महिलालाई स्तनपान गराउन सहज हुनेछ”, उनले भने । 

त्यसैगरी व्यास नगरपालिकाले नागरिक सहायता कक्ष स्थापना गरी सेवा लिन आउने सेवाग्राहीलाई निःशुल्करुपमा सेवा दिन थालेको छ ।

व्यास नगरपालिका मातहत रहेका चौधवटै वडामा नागरिक सहायता कक्ष स्थापना गरी सेवा दिन थालिएको हो । 

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको निवेदन, कार्यालय प्रयोजनका लागि प्रयोग हुने कागजातको फोटोकपी गरिदिने व्यवस्था नगरपालिकाले गरेको छ ।

सेवाग्राहीलाई सूचना प्रवाहमा सहजीकरण गरी सेवा दिने गरेको नगरपालिकाले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ