- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । उज्वेकिस्तानमा अत्याधिक गर्मी बढेपछि सतर्क रहन नागरिकहरूलाई आग्रह गरिएको छ ।
आगामी दिनहरूमा अत्यधिक गर्मी हुने भन्दै थप सावधानी अपनाउन आग्रह गरिएको हो ।
देशको हाइड्रोमेटियोरोलोजिकल सेवाहरूको एजेन्सीका अनुसार जुलाई २९ सम्म देशभर तातो हावा चल्ने बताइएको छ ।
देशका अधिकांश भागहरूमा हावाको तापक्रम ४०–४३ डिग्री सेल्सियस र दक्षिणी र मरुभूमि क्षेत्रहरूमा ४४–४५ डिग्री सेल्सियससम्म रहेको छ ।