arrow

भारी वर्षाबाट हजारौँ विस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
china-floods-rainstrom-higest-level.jpg

 काठमाडौँ । पूर्वी सुडानको कसला राज्यको राजधानी शहर कसलामा भारी वर्षा हुँदा हजारौँ मानिसहरू विस्थापित भएका छन् । स्थानीय स्वयंसेवी समूह, उद्धारका लागि गएका युवा पनि बाढीमा फसेका छन् । 

अधिकारीहरू र बासिन्दाहरूलाई पानी सक्शन पम्पहरू उपलब्ध गराउन र आश्रय केन्द्रहरूबाट वर्षाको पानी निकाल्न सहयोग गर्न अपिल गरिएको छ । 

निदा अल–वासात इनिसिएटिभ, एक नागरिक समाज सङ्गठनले बालबालिका, महिला र वृद्ध वृद्धाहरूले सामना गर्ने गम्भीर जोखिमहरूको बारेमा चेतावनी दिँदै विस्थापितहरूलाई राहत सहायताको व्यवस्था गर्न आह्वान गरेको छ । 

जुनमा संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय सङ्गठन फर माइग्रेसनले प्रकाशित गरेको तथ्याङ्कले द्वन्द्व शुरु भएदेखि सुडानभित्र ७।७ लाखभन्दा बढी व्यक्ति आन्तरिक रूपमा विस्थापित भएको देखाएको छ भने करिब २२ लाख अन्यले छिमेकी देशहरूमा शरण खोजिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ