arrow

करेन्ट लागेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
Tanahun_District.png

पोखरा । तनहुँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नंं १ लिचीघारीका ४० वर्षीय शिव अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरमा पानी तान्ने मोटर जडान गर्ने क्रममा करेन्ट लागेर अधिकारी घाइते भएका थिए ।

उनको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

डीएसपी रायका अनुसार मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ । घट्नाका बिषयमा थप अनुसन्धान भैरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ