arrow

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
sangitkarmi-sang-kaski.jpg

पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कीको अध्यक्षमा सुनिल गायक निर्वाचित भएका छन् । संस्थाको छैठौँ साधारणसभा तथा तेस्रो अधिवेशनले गायकलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा कपिल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा राजन सुवेदी, महिला उपाध्यक्षमा गंगा परियार, सचिवमा प्रकाश रसाइली, कोषाध्यक्षमा सोनिया कार्की खत्री, सहसचिवमा नविन लामिछाने, सहकोषाध्यक्षमा सचिन भट्टराई छन् ।

यसैगरी कार्यसमिति सदस्यमा सुजित परियार, किसु गुरुङ्, रविन नेपाली, सूर्यबहादुर परियार, सुजन परियार, राज बराल, सीता सुवेदी, अनु विक, सागर रुम्बा छन् ।

यसअघि राष्ट्रिय संगीतकर्मी संघ नेपालका अध्यक्ष प्रकाश कटुवालले अधिवेशन उद्घाटन गरेका थिए । उनले संघ संस्थामा आवद्ध हुनु मात्र ठूलो कुरा होइन, संस्थाको हितमा काम गर्न सक्नु पर्ने बताए ।

राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष रामचन्द्र ढकालले गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा काक्की जिल्ला अग्रस्थानमा रहेको बताए । कास्की र स्याङ्जा जिल्ला लोक गीतको उर्वरभूमि रहेको उनले बताए ।

संघका केन्द्रीय सदस्य ऋषिराम दाहालले कास्की शाखाको सचिव र अध्यक्ष पदमा रहँदा दुईदुईवटा जागिर छाडेर संस्थाको लागि कार्य गरेको अनुभव सुनाए ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले संघसंस्था सञ्चालनका क्रमका बाधा व्यवधान आउने भएकाले सदस्यले नेतृत्वलाई सधैँ सल्लाह सुझाव दिए ।

संघका कार्यबाहक अध्यक्ष कपिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष हरिराज कोइरालाले र सञ्चालन सचिव सुनिल गायकले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ