arrow

प्राविधिकको परीक्षा रद्द गर्ने सहरी विकास मन्त्रालयको निर्णय

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
sahari.gif
काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभागले इन्जिनियर, सव–इन्जिनियर तथा असिस्टेन्ट सव–इन्जिनियर करारमा लिनका लागि लिइएको परीक्षा रद्द गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । 
 
विभागले लिएको लिखित तथा मौखिक परीक्षामा अनियमितता तथा धाँधली भएको भन्ने गुनासो आएकाले वास्तविकताको छानविन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक छानविन समितिको प्रतिवेदनका आधारमा परीक्षा रद्द गरिएको मन्त्रालयले उल्लेख गरेको छ । 
 
परीक्षामा भएको त्रुटिमा संलग्न कर्मचारीको सम्बन्धमा मन्त्रालयले थप छानबिन गरी आवश्यक कारबाही गर्ने निर्णय भएको सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीका प्रेस संयोजक शिव देवकोटाले जानकारी दिए । 
 
मन्त्रालयका अनुसार अब लिइने परीक्षालाई गोपनीय, विश्वसनीय, निष्पक्ष, प्रक्रियागतरुपमा पारदर्शी र वैध बनाउन लोक सेवा आयोगसँग समेत समन्वय गरी आयोग तथा आवश्यकताअनुसार अन्य विज्ञको समेत प्राविधिक सहयोग लिन विभागलाई निर्देशन दिने निर्णय गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ