arrow

राजनीतिक गतिरोध अन्त्यका लागि सभामुख घर्ती अग्रसर, बिहीबारदेखि नेताहरुसंग छलफल गर्दै

बिहीबार देउवा र ओलीको पालो

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
onsari.jpeg
काठमाडौँ । सभामुख ओनसरी घर्तीमगरले राजनीतिक गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग बिहीबारदेखि छलफल गर्दैछिन् ।  
 
सो क्रममा उनले बिहीबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग छलफल गर्ने उनका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए । 
 
सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’सँग भने शुक्रबार छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।
 
 छलफलमा सरकारले ल्याएको संविधान संशोधनपछिको उत्पन्न परिस्थिति, राजनीतिक दलबीचमा देखिएको संवादहीनता, महाअभियोग र आगामी निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल गर्ने बुझिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ