arrow

धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
puskar-khatiwada-religious.jpg

काठमाडौँ । धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ परेका छन् । सामाजिक सञ्जालमा चर्चित ज्योतिषीसमेत रहेका उनी एक धार्मिक अनुष्ठानमा सहभागी हुँदै गर्दा आफ्नो निवासबाटै पक्राउ परेका हुन् । 

काठमाडौँ प्रहरी परिसरबाट आएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनले बिहान आफूलाई प्रहरीले पक्राउ गरेको सामाजिक सञ्जालबाटै जानकारी दिएका थिए । 

उनले लेखेका थिए, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस् ।’

प्रहरीले यो अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले प्रहरीले पक्राउ गरेको जनाएको छ । 

उनले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्ने बताउँदै आएका छन् । 

उनले सामाजिक सञ्जालमै नेताहरुको चर्को आलोचना गर्ने गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ