arrow

विवादित चिनियाँ राजदूत चेन सङको अप्रिय व्यवहारप्रति मोहना अन्सारीको कडा खण्डन  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
chen-sung-chinese-ambassado.jpg

काठमाडौँ । चितवनको सिमलतालमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका ३६ यात्रु र दुई बसको खोजी कार्य सफल नभइरहँदा नेपालका लागि चिनियाँ राजदूत चेन सङको व्यवहारले आक्रोश पैदा गराएको छ । 

दुई साताअघि दुई बस पहिरोमा परी सिमलतालबाट त्रिशूली नदीमा बेपत्ता भएका बस अहिलेसम्म भेटिएका छैनन् । जसमा ३६ यात्रु पनि बेपत्ता छन् । त्रिशूली नदीको तीव्र बहावका कारण निकै चुनौतीपूर्ण बनेको छ । 

चार गोताखोर र १२ प्राविधिक विज्ञ रहेको भारतीय टोली नदीको उच्च बहाव र टर्बिडिटीमा आफ्नो उपकरण प्रभावहीन देखिएपछि आइतबार स्वदेश फर्किएको छ । यसरी विज्ञ टोलीको प्रयास असफल हुँदा थप चिन्ता बढेको छ । 

यस्तो बेलामा थप सहयोग गर्नु त कता हो चिनियाँ राजदूत चेन सङले सामाजिक संजाल एक्समा विवादास्पद पोस्ट गरेर चिँढ्याउने काम गरे । 

उनले लेखे,"केही मानिसहरूले टिप्पणी गर्न अनुपयुक्त छ भनेर तर्क गर्छन्। उनीहरूलाई मेरो जवाफ: टिप्पणीमा के गलत छ ? खोजलाई गति दिनु हुँदैन । यदि चुम्बक खोजी छिटो गर्न आवश्यक छ भने, मानिसहरूले चुम्बक हराएपछि मात्र प्रश्न सोध्न थाल्छन्? खोजीमा प्रयोग गरिएको १९ किलो चुम्बक हरायो, पछि आइतबार काभ्रेघाट नजिकैको नारायणी नदीमा लाइफ ब्वाय ट्युबसहित भेटिएपछि खोजी कार्यलाई शनिबार अर्को धक्का लागेको थियो ।'

चुम्बकको रिकभरी पछि, राजदूत सङले फेरि पोस्ट गरे, "यदि यो समाचार सत्य हो भने, यो राम्रो समाचार हो। अब खोजीमा ध्यान दिनुहोस् र हतार गर्नुहोस्। खोज टोलीहरूलाई शुभकामना।"

यी टिप्पणीले नेपालमा विवाद उत्पन्न भएको हो । राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगकी पूर्व आयुक्त, अधिवक्ता मोहना अन्सारीले एक्समै कडा प्रतिक्रिया दिँदै लेखिन्, 'वाउ.... कूटनीतिज्ञद्वारा कस्तो टिप्पणी ।" 

एक्स प्रयोगकर्ता सदीक्षा कार्कीले टिप्पणी गरिन्, "धन्यवाद दिपक मनाङेले कम्तीमा आफ्नो लाज ढाक्न भेस्ट लगाएका छन् । नत्र छिमेकीले सबै कुरा पर्दाफास गरिदिने छन्। "
आइतबारमात्रै अन्सारीले संयमित भएर लेख्दै बेपत्ताका आफन्त अझै पनि उद्दारको पर्खाइमा रहेको भन्दै यो कुनै ख्यालठट्टा नभएको बताएकी छिन् । उनले अन्तर्राष्ट्रिय सहयोगीले सहयोगी हात बढाउनु पर्ने र आधुनिक साधन उपलब्ध गराउनु पर्ने बताइन् ।

राजदूत सङको टिप्पणीलाई भारतीय र नेपाली टोलीको क्षमतालाई चुनौती दिएको मानिएको छ । आलोचकहरूको तर्क छ कि उद्धार प्रयासको आलोचना गर्नुको सट्टा राजदूतले सहयोगको हात अगाडि बढाउन सक्नु पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ