arrow

मन्त्रिपरिषदले डेढ दर्जन देशका लागि सिफारिस गर्‍यो राजदूत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
pm-office-new-2080.jpg

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले झण्डै डेढ दर्जन देशका राजदूत सिफारिस गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारी भएसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डेढ दर्जन देशका लागि राजदूत सिफारिस गरेको हो । 

जसमा भारतका लागि नेपालका राजदूतमा शंकर शर्मालाई निरन्तरता दिने निर्णय गरेको छ । कांग्रेस र माओवादीको गठबन्धन हुँदा शर्मा भारतका लागि नेपालका राजदूत थिए भने एमाले र माओवादीको सहकार्य भएसँगै उनलाई फिर्ता बोलाइएको थियो । 

त्यस्तै अमेरिकी राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई पठाउने सिफारिस गरेको एक मन्त्रीले बताए ।

त्यस्तै स्पेनका लागि नेपाली राजदूतमा सनील नेपाल सिफारिसमा परेका छन् । यसअघि उनी पोर्चुगलका लागि राजदूत भएर एग्रिमो आएर पनि जान भने पाएका थिएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ