arrow

अठार देशमा राजदूत सिफारिस, पाँच देशबाट फिर्ता, को कहाँ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
oli-cabinet-81-4-14.jpg

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले भारत, चीन, अमेरिकालगायत १८ देशमा राजदूत नियुक्त गरेको हो ।

नयाँ राजदूत सिफारिस गरिएका १८ देशमा भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया, रुस, कतार, डेनमार्क, मलेसिया, पोर्चुगल, भारत, अस्ट्रेलिया, साउदी अरेबिया, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनी रहेका छन् ।

सरकारले भारतका लागि शंकर शर्मालाई नै पुनः राजदूतमा सिफारिस गरेको छ भने अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्ण ओली, पाकिस्तानका लागि रिता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, बेलायतका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, मलेसियाका लागि डा. नेत्र तिमल्सिनालाई राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

कांग्रेस र माओवादीको गठबन्धन हुँदा शर्मा भारतका लागि नेपालका राजदूत थिए भने एमाले र माओवादीको सहकार्य भएसँगै उनलाई फिर्ता बोलाइएको थियो । 

स्पेनका लागि नेपाली राजदूतमा सनील नेपाल सिफारिसमा परेका छन् । यसअघि उनी पोर्चुगलका लागि राजदूत भएर एग्रिमो आएर पनि जान भने पाएका थिएनन् । 

त्यस्तै सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रुस र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

फिर्ता बोलाइएका राजदूतमा चीनका विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रुसका मिलन तुलाधर, श्रीलंकाका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङ रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ