arrow

तीन प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
oli-cabinet-81-4-14.jpg

काठमाडौँ । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको हो ।

सत्ता इतरको सिफारिसमा बनेका प्रदेश प्रमुखहरु हटाइएको हो । साथै नयाँ गठबन्धनको सिफारिसमा नयाँ प्रदेश प्रमुख सिफारिस गरिएको छ । 

मन्त्रिपरिषदको बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । जसमा बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा श्रीकृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशको प्रदेश प्रमुखमा यज्ञराज जोशी सिफारिस भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ