arrow

खोलाले बगाउँदा बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
nuwakot-district.png

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका-६ स्थित पिप्लेका एक बालकलाई बुधबार खोलाले बगाउँदा मृत्यु भएको छ ।

सोही स्थानमा रहेको चेपिण्डे खोला तरेर खेतमा जाने क्रममा आमाको हातबाट फुत्किएर छ वर्षीय विक्रम लामिछानेलाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार बालकलाई उनको आमा बीना भण्डारी (लामिछाने)ले हात समातेर सँगै खोला तर्ने क्रममा चिप्लिँदा खोलाले बगाएर दुई सय मिटर तल पुर्याएपछि उद्धार गरिएको थियो । उद्धारका क्रममा नै बालकको घटनास्थलमा निधन भएको हो ।

खोलाको चिप्लो ढुङ्गामा पानीको बहावले लडाएसँगै आमाको हातबाट फुत्किएर बालकलाई खोलाले बगाएको हो ।

लड्न पुगेकी आमाले छोरालाई बचाउन प्रयास गरे पनि तत्कालै उद्धार गर्न नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ