arrow

सङ्कटको सामना गर्न साझा प्रतिबद्धता चाहिन्छ : यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
upendra-yadav-jasapa.jpg
फाइल तस्बिर

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद्जस्ता विश्वव्यापी सङ्कटको सामना गर्न एशियाली देशबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । 
 
फिलिपिन्सको राजधानी मनिलामा ग्लोबल लिडरको प्यानल सत्रमा अध्यक्ष यादवले एसियाली देशको बीचमा साझा कार्यक्रम, नीति र प्रतिबद्धता नभएसम्म विश्वस्तरका सङ्कटको सामना गर्न नसकिने बताए ।

सम्मेलनको अन्तिम दिन ग्लोबल लिडर प्यानललाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, “सामाजिक न्याय र मानवअधिकार संरक्षणको हकमा विभेदमा पारिएका जनता नै सङ्कटको भुमरीमा परेका हुन्छन्, त्यसका लागि पनि एसियाली देशबीच साझा कार्यक्रम र नीति बन्न जरुरी छ ।”

अध्यक्ष यादवले प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ विषयक कार्यपत्र प्रस्तुत गरी लिडर सम्मेलनलाई सम्बोधन गर्नुभएको उनको सचिवालयले जनाएको छ । 

एसियाली प्रजातान्त्रिक पार्टीको सङ्गठन (सोकडेम–एसिया प्यासिफिक) को जुलाई २९ तारिखदेखि आयोजित ग्लोबल लिडरको सम्मेलनमा भाग लिन अध्यक्ष यादव गत असार १३ गते मनिला प्रस्थान गरेका थिए । 

उक्त सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरुको सहभागिता थियो । जुलाई २९ तारिखदेखि सुरु भएको सो सम्मेलन बुधबार सम्पन्न भएको छ । 

जनता समाजवादी पार्टी नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटीको सदस्य रहेको छ । अध्यक्ष यादव आव बिहीबार राति १०ः३० बजे मलेसिया एयरलाइन्सको विमानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ