arrow

उपेन्द्र यादवकाे पार्टीमा पहिराे, ९२ जना एमाले प्रवेश

प्रधानमन्त्रीले राजीनामा दिए हुन्छ : ओली

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
upendrako-partima-pahiro.jpeg

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका पाँच केन्द्रीय सदस्यसहित ९२ जना एमालेमा प्रवेश गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा विहिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरे ।

फोरम नेपालका केन्द्रीय सदस्य विरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाईँ, राजेन्द्रप्रसाद खनाल सहित ९२ जना एमालेमा प्रवेश गरेका हुन् ।

यसैगरी, खेलकुद विभागका सचिव सुकदेव चाम्लिङ, रक्तिम सांस्कृति परिवारका केन्द्रीय सदस्य छविलाल राहुमगर र संघीय प्रेस फोरमका वरिष्ठ उपाध्यक्ष समेत एमाले प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीले राजीनामा दिए हुन्छ : ओली
कार्यक्रममा अध्यक्ष केपी ओलीले सरकारलाई तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका छन् ।

ओलीले भने, ‘यो संविधान कार्यान्वयन गर्नु पर्ने महत्वपूर्ण समय हो । समय बर्वाद गर्ने बेला होइन । निर्वाचनको मिति घोषणा गर्न नसक्ने भए प्रधानमन्त्रीले राजीनामा दिए हुन्छ ।’

यद्यपि, केही दिन अघि ओलीले एमाले सरकारमा जाने र चुनावी रणनीतिका लागि नहतारिएको बताएका थिए । सरकारले निर्वाचनको विषयलाई पछि धकेलेर संविधान संशोधन विधेयक ल्याए वितण्डा मच्चाएको अध्यक्ष ओलीको आरोप छ ।

यस्तै, संचारमाध्यममा आउने समाचारप्रति टिप्पणी गर्दै ओलीले भने, ‘माओवादीले चलाएका संचारमाध्यमले हामीले लखेटिरहेका छन् । चरित्र हत्या गर्छन् । सभ्यता भन्ने कुनै छैन । असभ्यता र निकृष्ठता छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ