arrow

जनकपुरधाम-अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
janakpur-rail-train.jpg

काठमाडौँ । जनकपुरधाम-अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने भएको छ । नेपालको भौतिक मन्त्रालय तथा नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जनाएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले २०८० पुस १ गते भौतिक मन्त्रालयमार्फत जनकपुरधामबाट अयोध्या हुँदै दिल्लीसम्मका लागि रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरिएपनि पहिलो चरणमा अयोध्यासम्म मात्रै सञ्चालनमा आउने बताए ।

महाप्रवन्धक झाका अनुसार पहिलो चरणमा अयोध्यासम्म मात्रै रेल सञ्चालनमा ल्याउने तयारी गरिएपनि दिल्लीसम्म रेल सेवा सञ्चालन गर्नका लागि पहल जारी राख्ने प्रतिवद्धता व्यक्त गर्ए । उनले सप्ताहको एक दिन अयोध्यासम्म जनकपुरधामबाट रेल गुड्ने तयारी स्वरुप समय तालिका समेत सार्वजनिक गरिसकेको बताए । रेल सेवा प्रत्येक शनिवार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान साढे बजे जनकपुरधाम पुग्नेगरी तालिका सार्वजनिक गरिएको उनले जानकारी दिए ।

उनले भने, ‘जनकपुरधाम–अयोध्या रेल सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेका छौँ, अब सोहीअनुसार छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ । उद्घाटनको समय तालिका मिलाउन लागिएको छ, समय मिल्नासाथ औपचारिक घोषणा गर्नेछौँ ।’

उनले भंगहादेखि बर्दिवाससम्मको रेल्वे लिक निर्माणको कार्य चाँडै शुरु गर्ने बताए । मुआब्जा वितरणको काम ८५ प्रतिशतसम्म सम्पन्न भइसकेको र बाँकी १५ प्रतिशतमा विवादहरु रहेकाले सोको समाधानका लागि पहल भइरहेको बताए । उनले मन्त्रालयबाटै त्यो विवाद समाधान गर्ने पहल भइरहेकाले चाँडै नै विवाद समाधान गरेर कार्तिक महिनादेखि निर्माण कार्य अगाडी बढाइने सम्भावना रहेको बताए । त्यस्तै कार्गो रेल सेवा सञ्चालनका लागि भारत सरकारसँग समन्वय भइरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ