arrow

गृहमन्त्री निधि र फ्रेन्च राजदूतबीच भेट

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
meeting-with-france-ambassador-news.jpeg

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि फ्रेन्च राजदूत एभेस कारमोनाबीच भेटवार्ता भएको छ ।

गृहमन्त्री निधि र राजदूत कारमोनाबीच गृहमन्त्रालयमा विहिबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो । भेटमा राजदूत कारमोनाले नेपाल शान्ति प्रकृया र नयाँ संविधानका बारेमा चासो राखेका थिए ।   

भेटमा गृहमन्त्री निधिले संविधान जारी भएपछि नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै नेपालमा लगानी गर्न फ्रेन्च कम्पनी आउने वातावरण बनाउन राजदूतलाई आग्रह गरे । राजदूत कारमोनाले फ्रेन्च लगानीकर्ता कम्पनीहरु नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ