arrow

समावेशिता र सङ्घीयतामाथिको प्रहार सैह्य हुँदैनः अध्यक्ष यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
upendra-yadhav-04-12.jpg
फाइल तस्बिर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशिता र सङ्घीयतामाथिको प्रहार सैह्य नहुने बताएका छन् । 

पार्टीको ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले राजनीतिक स्थिरताका नाममा समावेशिता, थ्रेसहोल्ड र सङ्घीयतामाथि प्रहार हुनेतर्फ सचेत रहनुपर्ने धारणा राखे ।

उनले विभिन्न नियुक्तिबाट सरकारले नै समावेशिता विरोधी काम थालेको आरोपसमेत लगाए ।

समावेशिता, स्वशासन, पहिचान र प्रतिनिधित्वको आधार नै सङ्घीयता भएको भन्दै उनले सत्ताकेन्द्रीत राजनीति र राजनीतिक अस्थिरताको दोष व्यवस्थामाथि थोपर्न नहुने स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ