arrow

पहिरोमा फसेकामध्ये २१५ जना मृत फेला

२०६ व्यक्ति अझै बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
landslide-india-24-7-30.jpg

काठमाडौँ । भारी बर्षापछि आएको पहिरोले चार गाँउ बगाउँदा फसेका २१५ जना मृत फेला परेकका छन् ।   केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पहिरो प्रभावित वायनाडमा फसेकामध्ये २१५ जना मृत फेला परेको र २०६ व्यक्ति अझै बेपत्ता रहेको बताएका छन् । उनले उद्धार कार्य अन्तिम चरणमा रहेको पनि बताएका छन् । 

उनले भने, “पहिरोमा फसेकामध्ये २१५ जनाको उद्धार गरिएको छ भने २०६ जना अझै बेपत्ता रहेका छन् । पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका ८३ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको र कुल १० हजार ४२ जनालाई आश्रय शिविरमा सारिएको छ ।”  

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जका अनुसार पछिल्लो अपडेट अनुसार ९८ पुरुष, ८७ महिला, ३० बालबालिका गरी २१५ जनाको मृत शरीर पहिरोबाट निकालिएको र १४३ शरिरका अङ्गहरु फेला परेका र हालसम्म २१२ शवको पोष्टमार्टमको प्रक्रिया पूरा भएको छ । 

मुख्यमन्त्रीले प्रारम्भिक चेतावनी प्रणालीलाई परिमार्जन गर्न आवश्यक रहेको र जलवायु परिवर्तनको ढाँचालाई ध्यानमा राखेर वर्णनात्मक चेतावनी प्रणालीको विकास गर्नुपर्ने उल्लेख गरेका छन् ।  

पहिरोले पुरै भत्किएको छुरलमालाको वस्तीलाई सारी अर्को वस्ती निर्माण गर्नुपर्ने देखिएको मुख्यमन्त्री विजयनले बताए । 

यसैबीच, वायनाडबाट लोकसभामा निर्वाचित विपक्षी नेता राहुल गान्धीले चुरलमालामा १०० घर निर्माण गर्ने घोषणा गरेका छन् । 

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैँयाले पनि १०० घर निर्माण गर्ने प्रस्ताव गरेका छन् । उनले मुख्यमन्त्री दैवी प्रकोप राहत कोषमा चन्दा नेट बैंकिङ मार्फत गर्न सकिने बताउँदै र राहत कोषमा योगदान पुर्‍याउने कलाकार, प्रतिपक्षी दलका नेता, उद्योगी व्यवसायीलगायतलाई पनि धन्यवाद दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ