arrow

स्वर्णिमलाई ‘मनरो डक्ट्रिन’ जस्तो विवादित अभिव्यक्ति सच्याउन बाबुरामको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
baburam-swarnim-wagle.jpg

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपा उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेलाई  ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् ।

डा भट्टराईले सामाजिक सञ्जालमार्फत मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै आफ्नो भूल सच्याउन वाग्लेलाई सुझाव दिएका हुन् ।

उनले भनेका छन्, ‘मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश–क्षेत्रमा अर्को देशको ‘प्रभाव क्षेत्र’ कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । नेपाल जस्तो दुई ठूला देशको बिचमा रहेको मुलुकका निम्ति त झन् अकल्पनीय कुरा हो ! स्वर्णिम वाग्लेले बेलैमा भूल सच्याउनु राम्रो होला १’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ