- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज अपरान्ह ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जानेक्रम जारी छ ।