arrow

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
bhoto-machhendramnath.jpg

काठमाडौँ ।  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । आइतबार ललितपुरको जावलाखेलमा जात्राको अन्तिम दिन भोटो देखाइएको हो । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । 

अवलोकनका लागि राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । भोटो जात्रा लिच्छवीकलादेखि मनाउने गरिएको विश्वास छ । 

कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । 

गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलसहितका उच्च पदस्थ व्यक्तिहरूले टिका, प्रसाद ग्रहण गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ