arrow

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौँ : नेता ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
pradip-gyawali-uml-leader.jpg
फाइल तस्बिर

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गरिने बताएका छन् ।

एमाले तनहुँले दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले एमाले राष्ट्रिय शक्तिको रुपमा विकास भएपछि समाजवादको आधार तयार हुने बताए ।

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्नुपर्ने उल्लेख गर्दै ज्ञवालीले त्यसका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए ।

नेपालको हरेक निर्णायक क्रान्ति र निर्णायक समयमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सहकार्य हुने गरेको भन्दै ज्ञवालीले पछिल्लो पटक २०६२/६३ को मौलिक क्रान्ति र संविधान निर्माणका क्रममा एमाले र कांग्रेसले सहकार्य गरेको बताए ।

उनले भने, “सुखी नेपाली समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्न पनि एमाले र कांग्रेसको सहकार्य आवश्यक छ ।”

विगतमा कम्युनिष्ट पार्टीको सरकार गिराउन कम्युनिष्ट पार्टीलाई नै प्रयोग गरिएको भन्दै आफूलाई कम्युनिष्ट भन्नेहरु नै दुई तिहाइको सरकार गिराउन लागि परेको ज्ञवालीको भनाइ छ ।

एमालेका कार्यकर्ता विचारबाट प्रशिक्षित हुनुपर्ने भन्दै ज्ञवालीले एमालेका कार्यकर्ताले विचारमा स्पष्टता, सङ्गठन निर्माण, प्रचारमा प्रभावकारिता, विकासको अभियन्ता, निर्वाचन परिचालक, जनताको परिचालन, स्वयंसेवी भावना, समन्वयकारी भूमिका आदि गुण हुनुपर्नेमा जोड दिए ।

आजको प्रशिक्षणमा पार्टीका केन्द्रीय सचिव पद्मा अर्याल, पोलिटब्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय स्कूल विभागका सदस्य हस्त पण्डितलगायतका नेताले सहजीकरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ