arrow

संविधान संशोधन प्रस्तावको विरोधमा संयुक्त युवा विद्यार्थीले थप आन्दोलन गर्ने

चार दिने कार्यक्रम सार्वजनिक

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
uml-logo.jpg.jpeg
काठमाडौँ । विपक्षी दल निकटका संयुक्त युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावको विरोधमा थप आन्दोलन घोषणा गरेका छन् । 
 
व्यवस्थापिका–संसद्का संशोधन प्रस्ताव दर्ता लगत्तै आन्दोलित भएका उनीहरुले शुक्रबार युवा सङ्घ नेपालको कार्यालयमा पत्रकार सम्मेलन गरी थप आन्दोलनको घोषणा गरेका हुन् । 
 
उनीहरुले प्रस्तावको विरोधमा शुक्रबारदेखि सोमबारसम्म विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । 
 
अनेरास्ववियुकी अध्यक्ष नबिना लामाका अनुसार शुक्रबार नयाँ बानेश्वरमा खेलाडीको प्रदर्शन, शनिबार वैदेशिक हस्तक्षेप रोक्नका लागि परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, आइतबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म दौड जुलुस र सोमबार संशोधनका विपक्षमा सडक बहस गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । 
 
उहाँले संशोधनले देश विघटन गराउने भएकाले नेपाललाई एउटै स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आन्दोलन गर्नु परेको बताए । 
 
युवा सङ्घका अध्यक्ष राजीव पहारीले संशोधन विधेयकले नेपालको राष्ट्रिय अखण्डतामाथि आँच आउने भएकोले राष्ट्र बचाउनका लागि आन्दोलन गर्नु परेको बताए उनले विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राखिने जानकारी गराए । 
 
पत्रकारसम्मेलनमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लबजुले संशोधनले मुलुकको स्थापित सामाजिक सदभावलाई बिथोल्ने भएकाले प्रस्ताव फिर्ता लिनुपर्ने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ