arrow

सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
ajayakumar-chaurasiya.jpg

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बताएका छन् । मन्त्री चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याइने बताए । 

उनले १८ वर्षदेखि अल्झिएको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख दलहरूका बीचमा सहमति जुटेको भन्दै अहिले प्रतिवेदन तयार गरिरहेको बताए । उनले प्रतिवेदन तयार भइसकेपछि शीर्ष नेताहरूलाई देखाएर संसदमा पेश गरिने बताए । उनले संसदबाट सर्वसम्मत रूपमा पारित गर्ने गरी शीर्ष नेताहरूले सम्बोधन गर्ने पनि बताए । 

उनले भने – ‘टीआरसीमा १८ वर्षदेखि सहमति हुन नसकेको विषयमा सबै पार्टीका प्रमुख सचेतकहरू, गृहमन्त्रीको विशेष पहलमा एमालेका प्रमुख सचेतक, जनार्दन शर्माको विशेष पहलमा यो सहमति भएको छ । त्यसले एउटा कोसेढुंगाको रूपमा यो देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने छ । प्रतिवेदन तयार हुँदैछ । चाँडै प्रतिवेदन नेताहरूलाई देखाएर संसदमा पेश गर्ने । संसदमा सबै पार्टीका शीर्ष नेताहरूले त्यस सम्बन्धमा सर्वसम्मतिले पास गर्ने गरी सम्बोधन पनि गर्नु हुनेछ । पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने हो । देशमा सुशासन कायम गर्ने । र समृद्धितर्फ देशलाई अगाडी बढाउने यिनै हुन सरकारका प्रमुख कार्यहरू ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ