arrow

बङ्गलादेशमा रहेका नेपालीको सुरक्षाका लागि दूतावासलाई परराष्ट्र मन्त्री देउवाको निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
bangladesh-agitation-24-8-5.jpg
तस्बिर– बंगलादेशको ढाकामा भेला भएका आन्दोलनकारीहरू, एपी ।

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले बङ्गलादेशमा जारी रहेको आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठेरोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छिन् । 

मन्त्री देउवाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोन मार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरुको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन् । 

त्यस अवसरमा बङ्गलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीजीले जानकारी गराएका थिए ।

मन्त्री देउवाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरुको सुरक्षाका लागि उनीहरुको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिए ।

ढाकास्थित नेपाली दूतावासले बङ्गलादेशमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आज सूचना जारी गरेको छ । 

सो सूचनामा बङ्गलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका, हाल त्यहाँ करिब ४०० विद्यार्थी रहेका र उनीहरु सुरक्षित रहेका जानकारी पनि दिइएको छ । 
सो सूचनामा नेपाल फर्कन चाहनेहरुले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासको सम्पर्क ठेगाना पनि दिइएको छ ।

सोमबार लाखौँ करिब चार लाख आन्दोलनकारी बंगलादेशको राजधानी ढाकाको सडकमा उत्रेसँगै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर प्रधानमन्त्रीको निवास छाडेकी छिन् । 

उनी बंगलादेश छाडेर भारत आएको अनुमान गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ