arrow

फर्निचर उद्योगमा आगलागी

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
fire.jpeg
दाङ, । यहाँको एक फर्निचर उद्योगमा आगलागी भएको छ । तुलसीपुर–९ दोघरेमा रहेको तीर्थराज गिरीको फर्निचर उद्योगमा आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको गिरीले बताए । 
 
शुक्रबार बिहान करिब ४ बजे फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर उद्योगका सामग्री र मेसिन जलेर नष्ट भएका छन् । 
 
आगलागीको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सेनाले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ