arrow

कैलाली र कञ्चनपुरमा एक दिने बन्द, जनजीवन प्रभावित

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
far-western-vandalism.jpeg
धनगढी । सङ्घीय गठबन्धन तथा थरूहट थारूवान् सङ्घर्ष समितिले गरेको बन्द आब्हानले कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले ल्याएको अपूरो संविधान संशोधनको विरोधमा व्यापार, व्यवसाय, उद्योग, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्था तथा यातायात एक दिनका लागि बन्द गरिदिन अनुरोध गरिएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 
 
बन्दले गर्दा यातायात, कलकारखाना, शैक्षिक संस्था ठप्प हुनुका साथै सरकारी कार्यालय पनि प्रभावित भएका छन् । सवारीसाधन पनि चलेका छैनन् । 
 
सङ्घीय गठबन्धन तथा थरूहट, थारूवान् सङ्घर्ष समिति कैलालीका कार्यवाहक अध्यक्ष कृष्णकुमार चौधरीले बन्दको अवज्ञा गरी भएको क्षतिमा स्वयम् व्यवसायी वा राज्य जिम्मेदार हुनेसमेत चेतावनी दिएका छन् । 
 
बन्दमा अति आवश्यकीय सवारीसाधन एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी, पत्रकार, कूटनीतिक नियोगलाई भने छुट गरेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ