arrow

कहाँ गइन् शेख हसिना ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
sheikh-hasina-bangladesh-UN.jpg

काठमाडौँ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सी-१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी छिन् । 

विमानलाई भारतीय वायु सेनाको सी-१७ र सी-१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने स्रोतहरूले बताएका छन् । 

भारतीय वायुसेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी गरेका थिए ।

यद्यपि हसिना दिल्लीमा बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने स्पष्ट छैन । बङ्गलादेशका मिडिया आउटलेटहरूले उन लन्डन जान सक्ने अनुमान गरेका छन् । 

स्रोतहरूका अनुसार बङ्गलादेशी सी-१३० विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै भारतीय वायुसेनाको लडाकू विमान उडेको थियो र केही समयसम्म उक्त विमानको निगरानी गरेको थियो । 

भारतीय वायुसेना र भारतीय सेना कुनै पनि आकस्मिक अवस्थाको सामना गर्न तयार रहेको स्रोतले बताएको छ । 

यसअघि बीबीसी बाङ्ग्ला र अन्य सञ्चारमाध्यमले प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै सेनाको हेलिकप्टर चढेर छिमेकी देश भारतको त्रिपुरा राज्यस्थित अगरतलातिर गएको बताएका थिए। समाचारसंस्था एफएपीसँग हसिनासँग निकट स्रोतले उक्त कुराको पुष्टि गरेको थियो।



नयाँ