arrow

लेबनानमा रहेका नेपालीले यहाँ गर्ने सम्पर्क

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
foreign-affairs.jpg

काठमाडौँ । नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्णरूपमा सचेत रहेको जनाएको छ । 

परराष्ट्र मन्त्रालयले  विज्ञप्तिमार्फत हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ ।

तत्कालै थप कुनै सहयोग आवश्यकपरेमा लेबनानमा रहेका नेपाली नागरिक तथा उनहरूका आफन्तले कायरोस्थित नेपाली राजदूताबास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सम्पर्क ठेगाना सार्वजनिक गरेको छ ।

मन्त्रालयले दीपक घिमिरे, द्वितीय सचिव, नेपाली राजदूतावास, कायरोः २०१०९७७७२३४८, श्रीकृष्ण सिलवाल, शाखा अधिकृत, परराष्ट्र मन्त्रालयः ९७७९८४९१७९५२० लाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

साथै लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि नेपाली राजदूतावास, कायरोको वेबसाइटमा रहेको लिङ्क https://eg.nepalembassy.gov.np/registration. of-nepali-nationals-in–lebahon/ मार्फत आवश्यक विवरण उपलब्ध गराउन लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अनुरोध गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ