arrow

देशैभर पानी पर्‍यो, केही स्थानमा अति भारी वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
weather-02-18.jpg

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ ।

सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकामा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

राति देशभर साधारणतया बदली रहेको छ।  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ