arrow

बंगलादेशको संसद विघटन, खालिदा जिया रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
bangladesh-unrest-24-8-6.jpg

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद विगठन गरेका छन् । “राष्ट्रपतिले संसद विघटन गर्नुभएको छ”,  राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले बताए ।  

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले शुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको हो । 

बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरेका थिए । 

प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान रानजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ । 

यता हसिना बङ्गलादेश छाडेर भारत आएसँगै राष्ट्रपतिले जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएसागै उनी रिहा भएकी छिन् । उनलाई सन् २०१८ मा भ्रष्टाचार मुद्दामा १७ वर्षका लागि जेल राखिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ