- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशका अन्तरिम सरकार प्रमुख बनेका छन् । राष्ट्रपति शहाबुद्धिनका प्रेस सचिवले मंगलबार राति यो जानकारी दिएका हुन् ।
यो निर्णय संसद भंग गरेपछि राष्ट्रपति र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि लिइएको हो । यसमा तीन सशक्त बलका सुरक्षाकर्मीका प्रमुख पनि सहभागी रहेका थिए ।
यता पूर्व प्रधानमन्त्री शेख हसिना केही समय भारतमै रहने बताइएको छ । गत सोमबार पदबाट राजीनामा दिएर उनी भारत भागेकी थिइन् ।
उनलाई बेलायतले शरणमा लिन नमानेको बताइरहँदा उनी केही समय भारतमै रहने भएकी हुन् ।
बेलायती सरकारले बंगलादेशमा विरोध प्रदर्शन चलिरहँदा उनीमाथि कारबाही हुन सक्ने संकेत गरेसँगै उनी भारतमै सुरक्षित रहने भएकी हुन् ।
पीटीआईका अनुसार हसिनालाई हाल सुरक्षित स्थानमा राखिएको छ । मिडिया रिपोर्टका अनुसार अमेरिकाले हसिनाको भिसा रद्द गरेको छ ।