arrow
ADVERTISEMENT

दश शैय्याको डेंगी वार्ड स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
dengue--ji-ha.jpeg

तनहुँ । शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शैय्याको डेंगी वार्ड स्थापना भएको छ । 

अस्पतालमा डेंगी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए ।  अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेंगी फैलिएको थियो । 

हालसम्म अस्पतालमा तीन सय ८५ जनामा डेंगी परीक्षण गरिएकामा ९६ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए । डेंगी पुष्टि भएकामध्ये २४ जना उपचारपश्चात् घर फर्किएका छन् ।
 
यसैबीच दमौली अस्पतालमा पनि डेंगी परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । अस्पतालका प्रमुख डा परिर्वतन बरालका अनुसार दुई सय २३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ