arrow

संसद बैठक लगातार पाँचौ पटक रद्द,विपक्षीको अवरोध कायमै

मंसिर ३० गते अर्को बैठक

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
samsadbhawan.jpeg

काठमाडौं । विपक्षी दलहरुको अवरोधका कारण व्यवस्थापिका संसद बैठक फेरि पनि स्थगित भएको छ । यो सहित संसद लगातार पाँचौ पटक स्थगित भएको हो ।

शुक्रबार बसेको बैठकको सुरुमै राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका सांसद शिवलाल थापाले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म सदन चल्न नदिने बताएपछि सबै विक्षी सांसदहरुले उठेर विरोध जनाए ।

सभामुखले पटक–पटक आग्रह गरेपछि उनीहरुले बस्न नमानेपछि बैठक मंसिर ३० गते सम्मका लागि स्थगित भएको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । बैठकमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोगको छलफल टुंग्याउने कार्यलातिका थियो ।

समाभुख ओनसरी घर्तीले विहिबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा छुट्टै भेट गरी संसदको अवरोध हटाउन आग्रह गरेकी थिइन् । सभामुखको आग्रहप्रति सकारात्मक भएको बताए पनि दुवै नेताहरुले आ–आफ्नो अडान छोडेनन् ।

यद्यपि, सभामुख ओनसरी घर्तीले राजनीतिक सहमति नजुटेसम्म सरकारले संसदमा दर्ता गराएका संविधान संशोधन विधेयक कार्यसूचीमा नराख्ने बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ