arrow

हसिनापछि थुप्रै मन्त्री विदेश भागे, विदेशमन्त्री पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
hasan-muhamud-bangladesh.jpg

काठमाडौँ । बंगलादेशका पुर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलिस्टार मिडियाले उल्लेख गरेको छ ।

उनलाई हजरत शाहजलाल इन्टरनेशनल एयरपोर्टमा नागरिक उड्डयनका अधिकारीहरुले नियन्त्रणमा लिएर सेनालाई बुझाएको रिपोर्टमा उल्लेख छ ।

यसअघि शेख हसिना सरकारका सूचना राज्यमन्त्रीलाई पनि पक्राउ गरेर सेनालाई बुझाइएको थियो ।

त्यस्तै शिक्षामन्त्री मोहिबुल हसन चौधरी र स्थानीय सरकारमन्त्री ताजुल इस्लामले भने देश छोड्न सफल भएको बताइएको छ । 

त्यस्तै पूर्व अर्थमन्त्री, खेलकुदमन्त्री र ढाकाका मेयरलेसमेत बंगलादेश छोडेको बताइएको छ । 

मिडिया रिपोर्टका अनुसार कयौँ मन्त्री, सांसद र हसिनाका नजिकक राजनीतिक नेता कार्यकर्ताले बंगलादेश छोडेको बताइएको छ ।

हसिना भने गत सोमबार बंगलादेशबाट भागेर भारत पुगेकी छिन् । उनलाई अमेरिकाले भिसा दिएन भने बेलायत जाँदा पक्राउ पर्न सक्ने भन्दै बेलायतले सचेत गराएको छ । 

उनी भारतमै सुरक्षित भएर बस्ने जनाइएको छ । आरक्षण मुद्धाका कारण हसिनाले निरन्तर १५ वर्षदेखि राज गर्दै आएको सत्ता छाडेर विदेश भाग्नु परेको हो ।
  
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ