arrow

अबको आवश्यकता आर्थिक समृद्धि र विकास : मन्त्री जोशी

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
jaya-dev-joshi_SLDpzMoSs3.jpeg
पोखरा। जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले राष्ट्रका लागि आर्थिक समृद्धि र विकास आवश्यक भएको बताएका छन् । कास्कीको भरतपोखरी बरभोटेनीस्थित चण्डी माध्यामिक विद्यालयलाई बालमैत्रीपूर्ण विद्यालय बनाउने शुभारम्भ कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै जोशीले राजनीतिक रुपमा विभाजित बने पनि दलहरू विकास निर्माण, सामाजिक तथा आर्थिक समुन्नतिका लागि एकाकार बन्नुपर्ने बताए । 
 
देश राजनीतिक गतिरोधमा अल्झिरहेको बताउँदै मन्त्री जोशीले गतिरोधबाट देशलाई मुक्त गर्दै निकास दिनुपर्ने वास्तविकतालाई सबैले गम्भीरताका साथ लिनुपर्ने बताए। राष्ट्रिय समृद्धिबाट मात्रै आजका बालबालिकाको भविष्य भोलि उज्यालो बन्ने बताउँदै मन्त्री जोशीले भोलिका लागि वातावरणीय संरक्षणलगायतका कुरालाई पनि सोच्नुपर्नेमा जोड दिए । 
 
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का सचिवसमेत रहेका मन्त्री जोशीले कास्की जिल्लामा विकास निर्माणका लागि सहयोग गर्न पार्टीका तर्फबाट संसद् विकास कोषबाट रकम छुट्याएको बताए ।रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ