arrow
ADVERTISEMENT

बङ्गलादेशमा आज नयाँ सरकारले शपथ लिने, प्रहरी प्रमुखले मागे माफी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
muhammad-yunus-bangladesh-getty-images.jpg

काठमाडौँ । बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुस स्वदेश फर्किएपछि बिहीबार साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने सम्भावना रहेको बताएका छन् । 

“हामी बिहीबार शपथ ग्रहण समारोह आयोजना गर्न सक्दो प्रयास गर्नेछौँ,हामी करिब आठ बजे (जिएमटी १४ बजे) गर्न सक्छौँ, शपथ ग्रहण समारोहमा करिब चार सय व्यक्ति उपस्थित हुने सम्भावना छ”, उनले टेलिभिजन ब्रिफिङमा भने । 

युनुस अन्तरिम सरकारको नेतृत्व गर्न बङ्गलादेशमा आउँदा उनले ‘लोकतान्त्रिक प्रक्रिया’ मार्फत बङ्गलादेशको नेतृत्व गर्ने सेना प्रमुखले बताए । 

“उन यस्तो गर्न अत्यन्त उत्सुक हुनुहुन्छ”, सेना प्रमुखले भने, “मलाई विश्वास छ, उनले हामीलाई सुन्दर लोकतान्त्रिक प्रक्रियामार्फत लैजान सक्षम हुनुहुनेछ र यसबाट हामी लाभान्वित हुनेछौँ ।”

यसैबीच बङ्गलादेशका नवनियुक्त प्रहरी प्रमुखले बुधबार घातक विरोध प्रदर्शनका क्रममा अधिकारीहरूको आचारणका लागि माफी मागेका छन् । साथै उनले हत्याको ‘निष्पक्ष’ छानबिन गर्ने वाचा गरेका छन् । 

“हामी विद्यार्थी, सर्वसाधारण र प्रहरीको हालैका हरेक हत्याको निष्पक्ष छानबिन गर्न प्रतिबद्ध छौँ”, प्रहरी महानिरीक्षक मोहम्मद मैनुल इस्लामले पत्रकारहरूसँग भने ।

“अहिलेको आन्दोलनमा हाम्रा यसअघिका जिम्मेबार अधिकारीहरूले देशवासीको अपेक्षा अनुरूप आफ्नो जिम्मेबारी पूरा गर्न सकेनन्”, प्रधानमन्त्री पदबाट हटेपछि आफ्नो नियुक्ति भएको एक दिनपछि उनले भने, “म स्वयं प्रहरी प्रमुखका रूपमा यसका लागि बङ्गलादेश प्रहरीका तर्फबाट माफी माग्छु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ