arrow
ADVERTISEMENT

रहेनन् पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
buddhadev-bhattacharya-indi.jpg

काठमाडौँ । भारतको पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ । बुद्धदेव भट्टाचार्यको ८० वर्षको उमेरमा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

उनी केही दिनदेखि बिरामी थिए । बुद्धदेव भट्टाचार्य सन् २००० देखि २०११ सम्म लगातार ११ वर्ष पश्चिम बङ्गालको मुख्यमन्त्री बनेका थिए । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधनले दुःखी भएको उल्लेख गरेकी छन् ।

ममता बनर्जीले भनिन्, ‘म उहाँलाई धेरै दशकदेखि चिन्छु र पछिल्ला केही वर्षहरूमा उहाँ बिरामी हुँदा म उहाँको घरमा धेरै पटक गएकी थिएँ । उहाँको निधनले म दुःखी छु ।'

उनी पश्चिम बंगालमा ३४ बर्ष कम्युनिष्टको सरकार रहदाका आखिरी मुख्यमन्त्री हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ