arrow

राप्रपाका तीन निर्णय

संसद छिर्दा राष्ट्रिय पोशाक अनिवार्य

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
K-thapa-new-ss.jpeg

काठमाडौं । भरखरै एकिकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हत्वपूर्ण निर्णय गरेको छ ।  व्यवस्थापिका संसदको शिवशंकर हलमा बसको संसदीय दलको बैठकले संसदीय दलका पदाधिकारी चयन तथा अन्य दुई महत्वपूर्ण निर्णय गरेको हो ।

बैठकले संसदीय दलको प्रमुख सचेतकमा दिलनाथ गिरी, सचेतकमा परशुराम तामाङ, सचिवमा आनन्दी पन्त र कोषाध्यक्षमा दिनेश श्रेष्ठलाई चयन गरेको छ ।

दोस्रो निर्णयका रुपमा आचारसंहिता तय गरेको छ । राप्रपाले सांसदहरुलाई संसदमा उपस्थित हुँदा राष्ट्रियउ पोसाक अनिवार्य गरको छ । पुरुष सांसदले दौरा सुरुवाल, महिला सांसदले साडी चोलो अनिवार्य लगाउनै पर्ने आचारसंहिता बनेको प्रमुख सचेतक गिरीले जानकारी दिए ।

यस्तै, मधेसवादी सांसदले आफ्नो पहिचानको धोती कुर्ता नलगाएको खण्डमा दौरा सुरुवाल नै लगाउनु पर्ने नियम बनाइएको छ ।
यथास्थितिमा संशोधन प्रस्तावलाई समर्थन नगर्ने
राप्रपाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा समर्थन नगर्ने निर्णय समेत गरेको छ । निर्णय सुनाउदै अध्यक्ष कमल थापाले भने, ‘सधेसको समस्या समाधान हुनु पर्छ । दलभन्दा माथि उठेर सहमति खोज्नु पर्छ । संविधान संशोधनका केकी बुँदाहरुमा सहमति गर्नका लागि हामीलाई पनि संलग्न गराइनु पर्छ ।’ संसदलाई अनिर्णयको बन्दी बनाउने कुरा कदापि मान्य हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ