arrow

छात्राको मृत्युको कारण छानबिनको माग गर्दै प्रदर्शन

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
hamrakura-logo.jpeg
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागत गर्न लाइनमा बसेको बेला ज्यान गुमाइएकी छात्रा समीक्षा आचार्य घटनाबारे छानबिनको माग गर्दै अनेरास्ववियुले शुक्रबार प्रदर्शन गरेको छ । 
 
अनेरास्ववियुले रत्नपार्कमा उनको मृत्युको घटनाको सत्यतथ्य छानबिन माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनीपछि आयोजित कोणसभामा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विद्यालय बन्द गरेर विद्यार्थीलाई स्वागतमा लगाउनु गैरजिम्मेवार हो भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरिन् । 
 
अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए । बिहीबार प्रधानमन्त्रीको सुर्खेतमा स्वागत गर्न गएका बेला होराइजन बोर्डिङ स्कुल सुर्खेत, कक्षा ९ की आचार्यको निधन भएको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ