arrow

इजरेलले गम्भीर मूल्य चुकाउनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
middle-east-map.jpg

काठमाडौँ ।  इरानले गत साता तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियको हत्या गरेर इजरेलले महँगो ‘रणनीतिक गल्ती’ गरेको बताएको छ । 

साउदी तटीय सहर जेद्दाहमा इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को असाधारण सत्रमा भाग लिएको एक दिनपछि इरानका कार्यवाहक विदेशमन्त्री अली बघेरीले बिहीबार पत्रकार सम्मेलनमा भने, “तेहरानमा यहुदीहरूले जुन कृत्य गरेका छन् त्यो रणनीतिक गल्ती थियो किनभने उनीहरूले यसको गम्भीर मूल्य चुकाउनुपर्नेछ ।”

इजरेलले हानियाको मृत्युप्रति कुनै टिप्पणी नगरेको भए पनि इरानले जवाफी कारबाही गर्ने वाचा गरेपछि यस क्षेत्रमा तनाव उत्पन्न भएको छ । 

इजरेलले ‘तनाव, युद्ध र द्वन्द्वलाई अन्य मुलुकमा फैलाउन चाहेको’ आरोप लगाउँदै बघेरीले इजरेल इरानसँग लड्ने अवस्थामा नरहेको दाबी गरे । “इजरेल इरानविरुद्ध युद्ध सुरु गर्ने स्थितिमा छैन”, उनले भने, “ऊसँग न क्षमता छ, न त ताकत नै ।”

सन्ताउन्न सदस्यी ओआइसीका विदेशमन्त्रीहरूको बुधबार भएको बैठकले हानियाको ‘जघन्य’ हत्याका लागि इजरेललाई ‘पूर्ण जिम्मेबार’ ठहर गर्दै घोषणापत्र जारी गरेको छ । कतारमा बसोबास गर्दै आएका हानिया गाजा पट्टीमा युद्ध अन्त्य गर्ने वार्तामा प्रमुख खेलाडी थिए । 

हमासको लेबनानी सहयोगी हिजबुल्लाहले पनि केही घन्टाअघि इजरेली आक्रमणमा हानिया र उसको सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिने वाचा गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ