arrow

प्रदेशमा पनि मन्त्रिमण्डलको आकार तोक्न कांग्रेस नेता शिवाकोटीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
ajayababu-shiwakoti-03-09.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले प्रदेशको मन्त्रीमण्डलको पनि आकार निर्धारण गर्न माग गरेका छन् । 

संघीय सरकारमा २५ जना भन्दा बढी मन्त्री बनाउन नपाउने संवैधानिक व्यवस्था भएकाले ठूलो मन्त्रीमण्डल बनाउने प्रवृत्ति नियन्त्रणमा आएकाले प्रदेशमा पनि त्यस्तै व्यवस्था गर्नु पर्ने उनको भनाइ छ । 

प्रदेशहरुमा मन्त्रीमण्डलको आकार जथाभावी गराउने विकृति बढेकाले मन्त्रीहरुको संख्या तोक्नुपर्ने नेता शिवाकोटीले बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उनले भने, “जथाभावी मन्त्रिमण्डल बनाउने र उनीहरुले काम न काजसँग झण्डा हल्लाउँदै, भाषण गर्दै हिंड्ने गरेकाले पनि संघीयता बदनाम भएको हो ।”

उनले कतिपय प्रदेशकै गतिविधिका कारण र कतिपय संघीय सरकार वा पार्टीको केन्द्रीय शीर्ष नेतृत्वका कारण संघीयता बदनाम र कमजोर भएको दाबी गरे ।
 
“तीनै तहका सरकारको आआफ्नै काम, कर्तव्य र अधिकार छन् तर त्यसलाई केन्द्रबाट हस्तक्षेप हुने प्रवृत्ति गलत छ, त्यसलाई सुधार्नु पर्छ,” उनले भने । 

प्रदेशले गर्नुपर्ने निर्णय केन्द्रले गरेर उनीहरुलाई वोधार्थ मात्रै दिने अभ्यासले नै संघीयता कमजोर भएको नेता शिवाकोटीको जिकिर छ ।  

केन्द्रीय सदस्य शिवाकोटीले कांग्रेस सरकारमा सहभागी भएकै कारणले पहिलेदेखि उठाउँदै आएका भ्रष्टाचारका मुद्धामा चुप नलाग्ने स्पष्ट पारे ।
 
“कांग्रेसका महामन्त्रीहरुलगायत धेरै नेताहरुले भ्रष्टाचार सम्बन्धी धेरै मुद्धाहरुलाई उठाउँदै आउनु भएको छ, त्यो आवाज सत्तामा गएकै कारणले बन्द हुने वा फेरिने हुँदैन,” नेता शिवाकोटीले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ