arrow

उच्च अदालत पोखराबाट भट्टराईको सरुवा, बागचन्द आउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
rajan-pd-bhattrai-highcourt.jpg

पोखरा । उच्च अदालत पोखराका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको सरुवा भएको छ ।

न्याय परिषद्को शुक्रबार बसेको बैठकले भट्टराईको सरुवा गर्ने निर्णय गरेको हो । उनको उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा सरुवा गरिएको छ ।

भट्टराईको स्थानमा न्यायाधीश रत्नबहादुर बागचन्दलाई सिफारिस गरिएको छ । उनलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नियुक्ति दिने प्रक्रिया छ ।

यसैगरी राजश्व न्यायाधिकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा पोखरा उच्च अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय परिषद्ले गरेको छ ।

शुक्रबार बसेको परिषद्को बैठकले ३५ जिल्ला न्यायाधीश नियुक्तिसँगै थप केही जिल्ला अदालतका न्यायाधीशको पनि सरुवा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ